आफ्नै गल्तीले म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो

मङ्सिर २०, काठमाडौं – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा फेरि बराबरी खेलेको छ। आइतबार राति एभर्टनसँगको खेलमा १-१ गोलको बराबरी खेलेको हो। एभर्टनको घरेलु मैदानमा भएको खेलमा अन्तिमसमयसम्म १–० ले अघि रहेको म्यानचेस्टर युनाइटेड आफ्नै गल्तीका कारण १–१ मा रोकिन बाध्य भयो।

युनाइटेडका लागि ८९ औं मिनेटमा मारोवान फेलाइनीले फल गरेपछि एर्भटनले पेनाल्टी पायो। पेनाल्टीलाई सदुपयोग गर्दै घरेलु टोली अन्तिम मिनेटअगाडि बराबरी गोल गर्न सफल भयो। यसअघि ४२ औं मिनेटमा जाल्टन इब्राहिमोविचले सुन्दर गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई सुरुवाति अग्रता दिलाएका थिए।
युनाइटेड प्रिमियर लिगका पछिल्ला तीन खेलमा बराबरीमा रोकिएको छ।
गएरातिको खेलसँगै १४ खेलबाट २१ अंक जोडेको युनाइटेड छैटौं स्थानमा छ । २० अंकसहित एभर्टन आठौं स्थानमा छ। समान खेलबाट ३४ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ। यस्तै आर्सनल ३१ अंकसहित दोस्रो र लिभरपुल ३० अंकसहित तेस्रो स्थानमा छन्। यस्तै समान खेलबाट समान अंक जोडेको म्यान्चेष्टर सिटी ३० अंकसहित तालिकाको चौथो स्थानमा छ।