माल्दिभ्समा हट पहिरनमा के गर्दैछिन् कट्रिना ?

काठमाडौं – नायिका कट्रिना कैफ आफ्नो हट इमेजका कारण सधै नै चर्चामा छिन् । विशेषगरि, नायक रणवीर कपुरसँग अलग भएपछि कैफको लाइफ स्टाइल विन्दास देखिन थालेको छ ।

कैफ अहिले एक म्यागेजिनका लागि फोटोसुट गर्ने क्रममा माल्दिभ्समा छिन् । उनले माल्दिभ्समा पुगेर इन्स्ट्राग्राममा शेयर गरेका केहि तस्बिरले पनि उनी कति हट बन्दैछिन् भन्ने देखाउँछ ।

शनिबार विकिनी तस्बिर शेयर गरेकी कैफले आइतबार भने डिजाइनर मनिष मल्होत्रासँग अर्को तस्बिर पोष्ट गरिन् । यो तस्बिरमा कैफ स्विमसुटमा देखिएकी छिन् ।
मिडिया र गसिपबाट टाढा रहँदै कैफ अहिले माल्दिभ्समा विन्दास लाइफ जिइरहेकी छिन् । उनले ३ घन्टा लामो जहाज यात्रा र १२ घन्टा लामो फोटोसुट पछि मस्ती मुडमा भन्दै तस्बिर पोष्ट गरेकी हुन् ।

के प्रेम जीवनबाट अलग भएपछि कैफ अझै विन्दास बनेकी हुन्, फोटोले यस्तै छनक दिएको छ ।