प्रशान्त महासागरमा ७ रेक्टर स्केलको भूकम्प

 

मंसिर १०, काठमाडौं  – प्रशान्त महासागरमा आएको भूकम्पले मध्य अमेरिकी देश निकारागुआ तथा एल सालभाडोर प्रभावित भएका छन् ।

 

‘प्यासिफक सुनामी वार्निङ सेन्टर’ ले सुनामीको चेतावनी जारी गर्दै भूकम्प ७ रेक्टर स्केलको भएको जनाएको छ ।

 

भूकम्पपछि जारी गरिएको चेतावनीमा भूकम्पको केन्द्रभन्दा तीन सय किलोमिटर टाढासम्म खुनामीको छाल आउने सक्ने जनाइएको छ ।

 

भूकम्पको केन्द्र एल सालाभाडोरबाट करिब १२० किलोमिटर पर रहेको छ । भूकम्पको झट्का निरागुआको राजधानी मनागुआमा पनि महसुस गरिएको थियो । अहिलेसम्म जनधनको क्षतिको विवरण नआएको बीबीसीले जनाएको छ ।

 

समाचार संस्था एएफपीका अनुसार कोस्टारिकामा पनि तुफानको सम्भावना देखिएको भन्दै संकटकाल लगाइएको छ । र, तटीय क्षेत्रमा रहेका करिब चार हजार मानिसलाइृ सुरक्षित स्थानमा जान भनिएको छ ।