पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले ‘हिलारीलाई भोट हालेको’ भनेपछि…

कार्तिक २४ , काठमाडौं – अमेरिकामा मंगलबार भएको चुनावमा रिपब्लीकन पार्टीका पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले हिलारीलाई भोट हालेको समाचार बाहिरीएपछि पूर्वराष्ट्रपति बुसले स्पष्टिकरण दिनु परेको छ।
लिम्वरर्क नामक रेडियो कार्यक्रमले पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले हिलारीलाई भाेट गरेकाे बताएकाे थियो।
उक्त समाचारलाई स्थानीय समाचार माध्यमहरुले महत्वपूर्ण समाचार बनाएपछि बुसले स्पष्टिकरण दिनुपरेको थियो। ‘जर्ज डब्लु बुस र लाउरा बुसले हिलारीलाई भोट हालेको भन्ने कुरा झुट हो। रेडियोले माफी माग्नु पर्छ,’ बुसका सहयाेगी फ्रेडी फाेर्डले बताएका छन्।
रेडियाेकाे समाचारलाई स्थानीय समाचार माध्यमहरुले महत्वपूर्ण समाचार बनाएका थिए।
ट्रम्प बिवादास्पद भाषण गर्न थालेपछि पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले ‘कुनै पनि पार्टीलाई भोट हाल्न नजाने’ घोषण गरेका थिए। ४५ अमेरिकन राष्ट्रपतिकाो निर्वाचन परिणाम केही बेरमा सार्वजानिक हुँदैछ।