२५ औँ जन्मदिन मनाउँदै स्वस्तिमा खड्का

असार २०, काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्काको आज २५औँ जन्मदिन मनाउदै छिन् । स्वस्तिमाले जन्मदिन घरमै परिवारसँग मनाउँदै छिन् ।

स्वस्तिमाले चलचित्र होस्टल रिटर्न्स’ बाट नेपाली चलचित्र क्षेत्रमा डेव्यु गरेकी हुन् । त्यसयता उनले छक्का पन्जा २, नाइँ नभन्नु ल ५, लभ लभ लभ, ‘बुलबुल लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

उनलाई गत वर्ष रिलिज भएको चलचित्र ’बुलबुल’ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड दिलायो । पछिल्लो समय स्वस्तिमा चलचित्रमा मात्र नभई म्युजिक भिडियोमा पनि निकै सक्रिय छिन् ।