११ बुंदे माग सहित नर्सहरु आन्दोलनमा (फोटोफिचर)

 

माघ ३, काठमाडौं — पेशागत सुरक्षा लगायत बिभिन्न ११ बुंदे माग राख्दै नर्सहरुले सुरु गरेको आन्दोलन अन्तर्गत बुधबार काठमाडौंमा शान्तिपुर्र्ण याली निकालिएको छ । नर्सिङ संघको अगुवाईमा भएको आन्दोलनमा विभिन्न अस्पतालमा कार्यरत नर्सहरुहरुको बाक्लो उपस्थिती थियो ।
उनीहरुले श्रम ऐन लागु गर,नर्सको श्रम शोषण बन्द गर, शैक्षिक योग्यता अनुसार दरबन्दी सिर्जना गर, नर्सिङ तहमा भएको असमानता बन्द गर, महाशाखा पुनस्र्थापना गरियोस, लगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

भक्तपुरका मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत तीन जना नर्ससहित सात जनालाई कामबाट निश्कासन गरेपछि देशभरका नर्सहरु आन्दोलनमा उत्रिएका छन ।

तस्बीर — प्रकृती दाहाल

दरबन्दी सिर्जना गर

उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति गर