हस्तकला महोत्सव

इमेलखबर
पुस, २८ काठमाडौं—राजधानीमा शुक्रबारदेखि दक्षिणएसियाली हस्तकलाम महोत्सव सुरु भएकोछ । गरिबीनिवारण कोषले गरेको महोत्सवमा ७ वटा जिल्लाका सिल्पी कालिगढका सिर्जना प्रर्दशनमा राखिएका छन् । त्यस्तै पाकिस्तान र भारतका हस्तकला समेत देख्न सकिन्छ ।


द्धन्द्ध प्रभावीत समुदायलाई रोजगारी बनाउने हेतुले कोषद्धारा परियोजना बनाई हस्तकला सिप सिकाइएको थियो । उनीहरुको सिपलाई प्रमोट गर्नका लागि कोषले महोत्सवको आयोजना गरेको हो । महोत्सवमा राखिएका स्टलहरुमा अधिकांश महिला सक्रिय छन् ।
बांस, कांस, अल्लो, लोक्ता कागज, ढाकाले बनेका हस्तकला पहिरन र अन्य सामाग्री प्रर्दशनमा देख्न सकिन्छ । महोत्सवको पहिलो दिन शुक्रबार हस्तकला डिजाइनका पहिरन र्याम्पमा समेत प्रर्दशन गरिएको थियो । परियोजनाबाट लाभाम्बीत भएका कालिगढले जीविकोपार्जन गर्न सहज भएको बताए । उनीहरुले समयको सदुपयोग गरि घरमै काम गर्न सक्ने सुनाए ।