स्वस्तिमा र आकाश म्युजिक भिडियोमा

साउन १८, काठमाडौं –नायिका स्वस्तिमा खड्का र आकाश श्रेष्ठ म्युजिक भिडियोमा देखिएका छन् ।

शान भुसालको नयाँ गीत ‘अलि अलि’ मा यि दुईको अभिनय देख्न सकिन्छ ।

शान भुसाल तथा सुनिता कार्कीको स्वर युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा शब्द तथा सङ्गीत गायक शान कै रहेको छ ।

प्रेम भावले सुसज्जित गीतको भिडियो रोशन लामाले निर्देशन गरेका हुन भने उत्सव दाहालले खिचेका हुन् ।

यस भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।