‘सेल्फी किङ्ग’ को पहिलो गीत सार्वजनिक – हेरौ भिडियो

माघ ८, काठमाडौं –चलचित्र ‘सेल्फी किङ्ग’ को पहिलो गीत सार्वजनिक भएको छ विपिन कार्की स्टारर चलचित्रको ’जिन्दगीको के छ र भर’ बोलको गीत सार्वजनिक भएको हो ।

केतन क्षेत्रीको स्वर रहेको गीतको लिरिकल भिडियो मङ्गलवार युट्युबमा सार्वजनिक गरिएको हो ।

गीतमा सुभाष भुसालको सङ्गीत रहेको छ भने सुरज गैरेको शब्द रचना रहेको छ । यसलाई उदय राज पौडेलले एरेन्ज गरेका हुन् ।

एक चर्चित टेलिभिजन हास्य कलाकारको कथा रहेकोको चलचित्रमा अभिनेता विपिन कार्की ‘सेल्फी किङ’ को उपनामले परिचित हास्य कलाकारको भूमिकामा छन् ।