सेतो रंगको दुर्लभ गाही फेला पर्यो

 

एजेन्सी—सेतो रंगको गोही कस्तो हुन्छ ? यतिबेला अस्ट्रेलियाको उत्तरी भेगमा सेतो रंगको गोही देख्न सकिन्छ । डार्विन नजिक ऐडिलेड नदीमा सेतो रंगको दुर्लभ गोही फेला परेको छ । संचारमा समाचार आए अनुसार त्यस सेतो गोहीको लम्बाई झन्डै ३ मिटरको रहेको बताईएकोछ ।

‘पर्ल’ नाम राखिएको यस गोहीबाट अस्ट्रेलियनहरुले राम्रो पर्यटन व्यवसाय हुनेमा ढुक्क छन् । त्यस्तै, सन् २०१४ मा पनि सेतो रंगका हाइपोमेलनिस्टिक गोही फेला परेको र त्यसले एक जना माझीलाई मारेको थियो । जसले गर्दा स्थानीबासीले आत्म सुरक्षाको लागि गोही नै मारेका थिए ।