सुनको मुल्य तोलामा ९१ हजार ७ सय पुग्यो

असार १७, काठमाडौं – सुनको मुल्य तोलामा ९१ हजार ७ सय पुगेको छ ।

बुधबार तोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै मंगलबार तेजावी सुन प्रतितोला ९० हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएकोमा बुधबारका लागि ९१ हजार २ सय ६५ रुपैयाँ मूल्य तोकिएको छ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । मंगलबार ९ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ९ सय ६० रुपैयाँ कारोबार मूल्य तोकिएको महासंघले जनाएको छ।