सिभिल बैंकका थप ३ शाखा संचालनमा

मंसिर १२, काठमाडौं – सिभिल बैंकले आफ्नो नवौं बार्षिकोत्सवको अवसर पारेर बैंकले तीन शाखाहरु निजगढ शाखा, चन्द्रनिगाहपुर शाखा र दमौली शाखा संचालनमा ल्याएको छ ।

दमौली शाखाको उद्घाटन बैंकका अध्यक्ष इच्छा राज तामाङ्गले उद्घाटन गरेका छन् । निजगढ शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य शम्भु प्रसाद पन्त तथा प्रमुख अतिथि निजगढ नगरपालिकाका मेयर सुरेश खनालले गरे ।

त्यस्तै चन्द्रनिगाहपुर शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गाना तथा प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले संयुक्त रुपमा गरेका छन् ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि बताए ।