सिन्धुपाल्चोकको पाँचपोखरीमा एकको विभत्स हत्या

कात्तिक १, काठमाडौं – सिन्धुपाल्चोक जिल्ला स्थित पाँचपोखरी थाङ्पाल गाउँपालिका–५, गुन्सामा गएराती एक जनाको शिर छेदन गरि विभत्स हत्या भएको छ । हत्या हुनेमा सोहि ठाउँको विजय गोले रहेको प्रहरीले बताएको छ ।

हत्या गरि फरार भएका व्यक्तिको खोजिकार्य तिव्र पारिएको प्रहरीले जनायो । गएराती देखिनै प्रहरी परिचालन गरि सबै नाकामा सतर्क गराइएको छ । हत्याराहरु पाँचपोखरी गाउँपालिका वरिपरि नै लुकेको आशंका गरिएको छ ।