सिट्सिपासले जिते एटीपी फाइनल्सको उपाधि


मंसिर २, काठमाडौं – ग्रिक खेलाडी स्टेफानोस सिट्सिपासले एटीपी फाइनल्सको उापधि जितेका छन् । फाइनलमा अष्ट्रियाका डोमिनिक थिमलाई २–१ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै सिट्सिपासले उपाधि जितेका हुन् ।

२१ वर्षे सिट्सिपासले एक सेटले पछि परेको अवस्थामा पछिल्लो दुई सट जित्दै पछिल्लो १८ वर्षमा एटीपी फाइनल्स जित्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।
पहिलो सेटमा ६–७(६–८) को पराजय भोगेका सिट्सिपासले उत्कृष्ट कम ब्याक गर्दै पछिल्लो दुई सेट जितेका थिए । बेस्ट अफ थ्रीको पछिल्लो दुई सेटमा सिट्सिपास ६–२ र ७–६(७–४) ले विजयी भएका थिए ।