सिटिजन्स बैंकको इन्टरनेट बैकिङ्ग सेवा विस्तार

असोज १६, काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनलले एक्सप्रेस बैंकिंङ नामक इन्टरनेट बैकिङ्ग सेवा विस्तार गरेको छ । विस्तारित इन्टरनेट बैंकिङ्गमा अन्तरबैंक रकम स्थानान्तरण, विद्युुत महशुल भुक्तानी, केवल, इन्टरनेट सेवाको भुक्तानीको साथै हवाई टिकट खरिद लगायतका सुविधा थप गरिएको छ ।

यसै क्रममा पुरानो इ–बैंकिङ्ग सेवा प्रयोग गरिरहेका ग्राहकले बैंकको कुनै पनि शाखा कार्यलयमा सम्पर्क गरी नयाँ ई–बैंकिङ्ग सेवाको लगइन एंव पासवर्ड लिन सक्ने बैंकले जनाएका छन् ।