साग महिला फुटबल –नेपाल फाइनलमा प्रवेश

मंसिर १९, काठमाडौं –१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बिहीबार भएको खेलमा सावित्रा भण्डारीको ह्याट्रिकसँगै नेपालले माल्दिभ्सलाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

नेपालले १६ औँ मिनेटमा सावित्राको गोलसँगै अग्रता बनाएको थियो। सावित्राले खेलको १६ औँ मिनेट, २० औँ मिनेट र खेलको इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन्।

नेपालले अब शनिबार स्वर्णपदकका लागि भारतसँग खेल्नेछ।