सागको महिला फुटबलमा चार टिम मात्र

मंसिर ६, काठमाडौं – नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा चार राष्ट्रले मात्र प्रतिस्पर्धा गर्ने भएको छ । महिला फुटबलमा पाकिस्तान, भुटान र बंगलादेशले सहभागिता नजनाउने भएको छ ।

तीन राष्ट्रले नखेल्ने भएपछि अब महिला फुटबलमा नेपाल, भारत, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् । महिला फुटबलमा भारतले स्वर्ण जित्दै आएको छ । नेपालले भने रजत जित्दै आएको छ ।

साग मंसिर १५ देखि १४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुनेछ । सागको महिला फुटबल पोखरामा हुनेछ ।