सागको तयारी गर्दै नेपाली महिला फुटबल टिम

साउन २९, काठमाडौं — १३ औँ दक्षिण एसियाली खेलकुद सागको तयारीमा रहेको नेपाली महिला फुटबल टोली कीर्गिस्तानमा हुने नादेझ्दा कपमा सहभागी हुने भएको छ । नादेझ्दा कप आउँदो भदौ २२ देखि २६ गतेसम्म हुँदै छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नादेझ्दा कपमा नेपाली टोलीले पाँच दिनमा चार खेल खेल्ने तालिका तय भएको जनाएको छ । प्रतियोगितामा कीर्गिस्तान र नेपालसहित ताजिकिस्तान र उज्वेकिस्तानले भाग लिने छन् ।

नेपालले भदौ २२ गते आयोजक कीर्गिस्तानसँग, २३ गते दोस्रो खेलमा उज्वेकिस्तानसँग र तेस्रो खेलमा २४ गते ताजिकिस्तानसँग खेल्नेछ । २५ गते एक दिन मात्रै विश्रामपछि तेस्रो स्थानका लागि हुने खेलसँगै फाइनल खेल २६ गते हुने तय भएको छ ।