सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित

 

काठमाडौं, १२ माघ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अग्नि सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सापकोटालाई सभामुखमा निर्विरोध चयन गरेको हो ।

सापकोटालाई सभामुखमा निर्वाचित गरियोस भनेर नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सोमबार प्रतिनिधिसभाको बैठकमा प्रस्ताव पेस गरेका थिए । नेम्वाङको प्रस्तावमा नेकपाका प्रमुख सचेतक देव गुरुङ, ओनसरी घर्तीमगर र राजपाका सांसद लक्ष्मणलाल कर्ण समर्थकका रूपमा थिए ।

सभामुखमा सर्वसम्मत चुनिएका सापकोटालाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा शपथ गराउनेछिन् ।