सफल हुन सकेन यातायात व्यवसायीको पहिलो दिनको आन्दोलन

बैशाख १२, काठमाडौँ –   सिन्डिकेट लगाउन पाउनुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेका यातायात व्यवसायीको आन्दोलन पहिलो दिनमै असफल भएको छ । आन्दोलनको कार्यक्रम अन्र्तगत यातायात व्यवसायीले बुधबार र बिहीबार आफ्ना सवारीहरु क्यू फ्रिु मा छोडेर मनलाग्दी ढंगले चलाउने घोषणा गरेका थिए ।

तर आन्दोलनको पहिलो दिन गाडी धनीहरुले आन्दोलनको अवज्ञा गर्दै राष्ट्रिय यातायात व्यवसायी महासंघले गरेको आन्दोलन अनुसार क्यू फ्रि छोडेका छैनन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले गाडीहरु नियमित रुपमा अरु दिनजस्तै गरी चलिरहेको बताएको छ
सरकारले ल्याएको निर्देशिकाको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका थिए । तर कसैले पनि घोषणा भएको आन्दोलन बमोजिम यातायात व्यवस्थालाई प्रभावित गने गरी कुनै पनि काम नगरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।