सञ्चारकर्मी रवि लामिछाने पक्राउ

साउन, ३० काठमाडौं — न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले आज साँझ उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
प्रहरीले आजै दिउसो अस्मिता कार्कीलाई पनि पक्राउ गरेको थियो ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि उनीहरु ३ जनालाई नै दोषि देखाइएको थियो । साथै उनले लामिछानेको कारण आत्महत्या गर्नुपरेको बताएका थिए ।