श्रीलंकका राष्ट्रपतिद्वारा तीन उपमन्त्रीसहित ३५ राज्यमन्त्री नियुक्त

मंसिर १२, एजेन्सी –श्रीलंकाका नवनिर्वा्चित राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार ३५ जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

त्यसैगरी उनले अरु तीन जनालाई उपमन्त्रीका रुपमा नियुक्त गरे । उनीहरुलाई संसदको नयाँ निर्वाचन नहुँदासम्मका भनेर गठन गरिएको अन्तरिम मन्त्रिपरिषद्मा समावेश गरिएको हो । उनीहरुलाई राजधानी कोलम्बोस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा शपथ गराइएको थियो ।