शिक्षकको तलब बढाउन माग गर्दै क्रोएसियामा हजारौको प्रदर्शन

मंसिर ११, एजेन्सी –शिक्षकको तलब बढाउन माग गर्दै क्रोएसियामा हजारौ शिक्षकले प्रदर्शन गरेका छन् । देशको राजधानीस्थित मुख्य क्षेत्रमा सोमबार भएको प्रदर्शनमा शिक्षक र उनीहरुका समर्थक गरी २० हजारभन्दा बढी सहभागी भएका थिए । उनीहरूले तलब बृद्धिसँगै काम गर्ने वातारणमा पनि सुधार हुनु पर्ने मागसमेत उठाएको अधिकारीहरूले जनाएका छन् ।

गत महिना पनि उनीहरुले तलब बृद्धिको माग गर्दै आन्दोलन गरेका थिए । सेवामुलक अन्य काममा भन्दा शिक्षण क्षेत्रमा कम तलब भएको भन्दै उनीहरुले आन्दोलन गरेका हुन् ।

लामो समयदेखिको असन्तुष्टि, सामाजिक प्रतिष्ठा, पेशाप्रतिको आकर्षणलगायतका विषयलाई ध्यान दिन आन्दोलनकारीहरूले आग्रह गरेका छन् । सरकारी पक्ष र आन्दोलनकारीहरूको संगठनका बीचमा वार्ता हुन लागेको पनि जनाइएको छ ।