विकास बैंकहरुले विद्युतीय भुक्तानीमा शूल्क नलिने

चैत ७, काठमाडौं विकास बैंकहरुले विद्युतीय भुक्तानीमा शूल्क नलिने निर्णय गरेका छन् । सरकारले २५ जनाभन्दा भेला नहुन आग्रह गरेपछि विकास बैंकर्स संघले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता विद्युतीय कारोबारका साथै पिओएस र एटीएमबाट कारोबार गर्दा शूल्क नलिने निर्णय गरेको हो ।

बैंकका ठूला शाखाहरुमा २५ जनाभन्दा बढी भेला हुन सक्ने अवस्था भए तापनि कर्मचारी र ग्राहकको स्वास्थ्यको ख्याल गर्दै यस्तो निर्णय लिइएको संघले जनाएको छ । यो निर्णय एक महिनासम्म लागू हुने बताइएको छ ।

कोरोना संक्रमणबाट बच्ने विषयमा नै छलफल गर्नका लागि बैंकर्स संघले भने शुक्रबार विहान बैठक डाकेको छ ।