लिभरपुललाई १६ अंकको अग्रता

माघ १०, एजेन्सी – ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले १६ अंकको अग्रता लिएको छ ।

बिहिबार राति उल्भ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले फराकिलो अग्रता बनाएको हो ।

लिभरपुलको जितमा कप्तान जोर्डन हेन्डरसन र रोबर्टो फिर्मिन्होले गोल गरेका थिए । उल्भ्सका राउल जिमेनेजले एक गोल फर्काएका थिए ।
कर्नर बलमा हेडमार्फत गोल गर्दै आठौं मिनेटमा हेन्डरसनले लिभरपुललाई अग्रता दिलाएका थिए । जिमेनेजले ५१ औ मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काए ।

खेल सकिन ६ मिनेट अगाडी फिर्मिन्होले गोल गर्दै लिभरपुललाई जित दिलाए ।

लिभरपुलले लिगका पछिल्ला १४ खेलमा जित निकालेको छ । लिभरपुल प्रिमियर लिगको ४० खेलमा अपराजित रहने तेस्रो टिम बनेको छ ।

शीर्ष स्थानको लिभरपुलले २३ खेलबाट ६७ अंक जोडेको छ । उल्भ्स ३४ अंक सहित सातौ स्थानमा छ ।