लभ यु हमेसा’को गीतमा यशराज र ऋचाको रोमान्स(भिडियो)

 

मंसिर ५, काठमाडौं –चलचित्र ‘लभ यु हमेसा’को गीत सार्वजनिक भएको छ । ‘यो हावा किन चल्छ’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा मेलिना राई र सुदिर राईको स्वर रहेको छ भने बासुको शब्द तथा सङ्गीत रहेको छ ।

रामजी लामिछानेले कोरियोग्राफी गरेको रोमान्टिक गीतमा यशराज गरच र ऋचा थापा फिर्चड छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा यशराज, ऋचा थापा र फिजा योञ्जन, गोपाल ढकाल, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङ लगायत कलाकारको अभिनय रहेको छ ।

भास्कर प्रधानको लेखन तथा निर्देशन रहेको चलचित्रमा यवन गुरुङको लगानी रहेको छ । शिव ढकालले छायाङ्कन गरेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । ‘लभ यु हमेसा यही मङ्सिर १३ गते देखि प्रदर्शनमा आउँदै छ ।