‘लभ यु हमेशा’ को ट्रेलर सार्वजनिक

कात्तिक २, काठमाडौं – चलचित्र ‘लभ यु हमेशा’ को ट्रेलर सार्वजनिक सार्वजनिक भएको छ ।

भास्कर प्रधानको निर्देशन रहेको फिल्मले प्रदर्शन मिति नजिकिँदै गर्दा दर्शकमुखी कार्यक्रम सुरु गरेको छ ।

फिल्मका प्रमुख कलाकारहरुले राजधानीका सिंगल तथा मल्टिप्लेक्स सिनेमा घरमा पुगी दर्शकलाई बिभिन्न खेल खेलाउदै पुरस्कार स्वरुप ‘लभ यु हमेशा’ अंकीत कप,पेन तथा डायरी बितरण गरेर फिल्मको प्रचार गरिरहेका छन् ।

चलचित्रमा कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलचित्र कात्तिक २२ बाट प्रर्दशनमा आउने भएको छ ।