रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको फराकिलो जित

कात्तिक २९, काठमाडौं – लिथ्वानियालाई ६–० ले हराउँदै पोर्चुगल युरोकप छनोट नजिक पुगेको छ ।

पोर्चुगलले आफ्नो मैदानमा लिथ्वानियालाई हराउँदा क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरे । यो ह्याट्रिकसँगै रोनाल्डोले अन्तर्रा्ष्ट्रिय गोल संख्या ९८ र्पुयाएका छन् ।

सातौँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए । २२औँ मिनेटमा उनले अग्रता दोब्बर बनाए । पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफमा चार गोल थप्यो ।

यो समूहमा सर्विया तेस्रो स्थानमा छ । सर्वियाले लग्जम्बर्गलाई ३–२ ले हरायो । १३ अंक जोड्दै सर्विया तेस्रो स्थानमा पुगेको हो । समूहमा युक्रेन १९ अंक बनाउँदै छनोट भइसकेको छ । अन्तिम खेलमा सर्वियाले युक्रेनसँग र पोर्चुगलले लग्जम्बर्गसँग प्रतिस्पर्धा गर्नेछ ।