राजु लामाको नयाँ गीत ‘बिहे नगरी भा’छैन’

काठमाडौं, ७ माघ – गायक राजु लामाको आवाजमा ‘बिहे नगरी भा’छैन’बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा आरबी लामाको शब्द तथा संगीत सुन्न सकिन्छ ।

गीतमा गायक राजु लामाको आवाज, दिपेश प्रधानको मिक्सिङ र स्व. बबी राज घतानीको एरेन्ज रहेको छ ।

गीतको म्यूजिक भिडियो वीरेन्द्र भट्टले छायांकन गरेका छन् भने टेकेन्द्र शाहले कलर र सम्पादन गरेका छन् । हेरुका लामाले कोरियोग्राफी र निर्देशन गरेका छन् । भिडियोमा हेरुका लामा, निरान्जली लामा, चाँदनी मोक्तान र रमन तामाङले अभिनय गरेका छन् ।