राजदुत भन्छन् -‘कतारमा कुनै नेपाली कोरोनाबाट संक्रमित भएको जानकारी छैन ’

चैत ३, काठमाडौं  – बिश्वब्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिए संगै भाइरसले कतारमा पनि प्रभाव पारेको छ । पछिल्लो बिबरण अनुसार कतारमा ४०१ जना संक्रमित भएको पाइएको छ ।

हजारौको संख्यामा क्वारेन्टाइनमा रहेको अनुमान गरिएको छ । कतारमा धेरै नेपाली रोजगारको सिलसिलामा रहेका छन् । तिनिहरुमा कोरोना भाइरसको प्रभाव कस्तो होला ? प्रस्तुत छ कतारका लागि नेपाली राजदुत नारद भारद्धावाजसंग इमेल खबर डटकमले गरेको कुराकानी ।

कतारमा कोरोना संक्रमणको अवस्था कस्तो रहेको छ ?

हालसम्म ४०१ जना ब्यक्ति संत्रमित भएको पाइएको छ । क्वारेन्टाइनमा रहेका मध्येबाट संक्रमित भेटिएको हदा समुदायमा यसको असर परेको छैन भन्ने कुरा बुझन सकिन्छ । सरकारले उच्च सर्तकर्ताका साथ काम गरिरह्को छ । डायन लक त भनिएको छैन तर मानिसहरुको आवात जावत र सम्पर्कलाइ कडा गरिएको छ ।

मुत्यु हुनेको संख्या ?

हाल सम्म कतारमा कोरोनाका कारणले कसैको पनि मुत्यु भएको छैन ।

कतारमा रहेका नेपालीहरुको अवस्था चाँहि कस्तो रहेको छ ?

क्षेत्रगत रुपमा, जाति गत र देशगत रुपमा यहाको सरकारले तथ्याङक सार्वजनिक गरेको छैन । यद्यपी हामीले अस्पताल तथा सम्पर्क सुत्रहरुबाट लिएको जानकारी अनुसार कुनै पनि नेपाली संक्रमित भएको सुचना छैन ।

तर नेपालमा दुई हजार नेपाली कतारमा क्वारेन्टाइनमा रहेको सुचना आइरेको छ नि ?

यो असत्य समाचार हो । यस्ता समाचारहरुले दुई पक्षिय सम्बन्धमा असर गर्न सक्दछ । यस्ता सुचनाहरु आधाकारिक निकायमा नसोधि लेखिएको छ । यसले दुखी बनाएको छ ।

संक्रमितहरुको उपचारमा कतार सरकारले कस्तो ब्यबस्था गरेको छ ?

कतार सरकारले उपचारको राम्रो ब्यवस्था गरेकोे छ । नेपालीहरुले चिन्ता लिनु पर्दैन । संक्रमित भइहाले पनि क्वारेन्टाइन तथा आइसोलेसनको हेरचाह प्रभावकारी छ । यसैगरि संक्रमितहरुको उपचारमा त्रिटिकल केयरको समेत ब्यबस्था गरिएको छ ।