रसियामा ७.५ तीब्रताको भूकम्प

चैत १२, एजेन्सी – बुधबार रसियाको कुरिल टापुमा ७.५ तीब्रताको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागले यसबारे जानकारी दिएको छ । भूकम्प लगत्तै सुनामीको चेतावनी दिएपनि पछि यो रद्द गरिएको छ ।

भूकम्पको केन्द्र ५९ किलोमिटर गहिराइमा जापानी शहर सप्पोरोको १४ सय किलोमिटर उत्तर पूर्वमा रहेको अमेरिकी भूगर्भ विभागले जानकारी दिएको छ ।

भूकम्पको क्षती विवरण आउन बाँकी छ ।