रजतमै सिमित भयो नेपाली महिला भलिबल टिम

 

मंसिर १७, काठमाडौँ — नेपाल १३ औं सागको महिला भलिबलमा स्वर्ण जित्नबाट बञ्चित भएको छ ।

मंगलबार भएको निकै रोमाञ्चक खेलमा भारतले नेपाललाई ३-२ को सेटमा हराएको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट भारत ५-१७ ले जितेको थियो । मंगलबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको फाइनलमा नेपाल भारतसँग ३-२ को सेटमा हार व्यहोर्दै रजत पदमा चित्त बुझाउन परेको छ ।

प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट भारतले २५-१७ ले जितेको थियो। त्यसको लगत्तै दोस्रो र तेस्रो सेट नेपालले क्रमशः २५-२४ र २५-२१ ले जित्न सफल भयो। प्रतिस्पर्धात्मक चौथो सेट भने भारतको आफ्नो पक्षमा पार्न सफल भयो। भारतले २५-२० को जित निकाल्यो। पाँचौ सेट भारतले जित्दै स्वर्ण पदक आफ्नो पक्षमा पार्‍यो।नेपाललाई रजत पदमा रोकिदियो।

तरपनि नेपाली भलिबलको इतिहासमा यो पहिलो साग रजत पदक हो।