यौन जीवनसँग गाँसिएका केही तथ्य

माघ १०, काठमाडौं- यौन जीवनसँग गाँसिएका केही समस्याको सामना प्राय: हरेक जोडीले आफ्नो जीवनको कुनै न कुनै समयमा गरेकै हुन्छन्  । फरक के मात्र हो भने कसैले यस्तो समस्या प्रारम्भीक चरणमै भोग्नुपर्छ भने कसैमा यस्तो समस्या ढिलो गरी देखा पर्छ । यस्ता समस्या सामान्य नै भए पनि लगभग सबै यौन जोडीको जीवनमा एक न एकपटक अवश्य देखा पर्छ ।

– जुन जोडीले यौन सम्पर्क अघि पोर्न चलचित्र हेर्छन्, उनीहरूको मनमा कुनै न कुनै बेला पोर्न चलचित्रमा देखाइएका आसन वा तरिका दोर्होयाउने उत्कट चाहना पलाउँछ । यस्तो बेला लगभग सबैजसो पुरुषमा उनीहरूको लिंगको आकार तथा महिलाहरूमा आफ्नो यौन रुचिका विषयमा चिन्ता सिर्जना हुन सक्छ ।

– यौन सम्पर्कको प्रारम्भमा महिलाहरू के सोच्छन् भन्ने उनीहरूले गर्नुपर्ने केही छैन, जे गर्ने हो उनको यौन साथीले नै गर्छ । यस्तो सोचले महिलाको मात्र नभै पुरुषको यौन जीवनमा समेत नकारात्मक असर पार्छ । त्यसैले हाम्रो जस्तो समाजमा लोग्ने–स्वास्नी वा अन्य यौन जोडीमा कतिपय यौनजन्य समस्या देखा पर्छन् । यस्ता समस्यामा शीघ्र स्खलन, एक पक्षीय सन्तुष्टि वा असन्तुष्टि प्रमुख मानिन्छन् ।

– यौन सम्पर्कको प्रारम्भिक दिनसँगै जीवनको कुनै न कुनै मोडमा लगभग हरेक पुरुषले के सोच्छन् भने के उसले आफ्नो यौन साथीलाई पर्याप्त सन्तुष्टि दिन सकेको छ ? यस्तो सोच पुरुषको तुलनामा महिलाहरूमा शुन्य हुन्छ । जबकि अधिकांश महिला भने यौन सम्पर्कका क्रममा उनले जे जस्तो सन्तुष्टि प्राप्त गरिन, सबै महिलाले यस्तो सन्तुष्टि प्राप्त नगर्न सक्छन् भन्ने कुरा सोच्छन् ।

– गर्भनिरोधक साधनको प्रयोग विना यौन जीवनको आनन्द लिन चाहने अधिकांश महिला वा पुरुष सधैजसो अनिच्छित गर्भको डरमा बााचेका हुन्छन् । यस्ता जोडी लाज वा अप्ठ्यारोका कारण स्वास्थ्यकर्मीसँग गर्भनिरोधसम्बन्धी सल्लाह लिन चाहादैनन् । यस्ता जोडीलाई सामान्यत: यो समस्या उनीहरूको मात्र होइन, प्राय: सबै जोडीमा हुन्छ भन्ने सल्लाह दिइन्छ ।