यौन क्रियाकलापमा कति क्यालोरी खपत हुन्छ ?

 

मंसिर २, काठमाडौं –यदि तपाइको तौल दिनप्रतिदिन बढिरहेको छ ? जिम जानका लागि तपाइसंग समय छैन ? यदि यसो हो भने चिन्ता नलिनुस् । यसको लागि तपाईको पार्टनरसंग सहयोग मागेर बेडमै तौल घटाउन सक्नु हुनेछ ।

आफ्नो पार्टनरसंगको यौन क्रियाकलापले शरीरको क्यालोरी खपत भई तौल घटाउन सकिने एक अध्ययन देखाएको छ ।

अमेरिकन एसोसिएसन सेक्स एजुकेसनको एक सर्वेक्षणले यौन क्रियाकलापको माध्यमद्धारा महिला र पुरुष दुवैमा क्यालोरी खपत हुने रिपोर्ट तयार पारेको छ ।

रिपोर्टका अनुसार करिब २५ मिनेटको यौन क्रियाकलापले पुरुषको १०१ क्यालोरी खपत हुन्छ भने सोही समयमा महिलाको ७० क्यालोरी खपत हुने गरेको छ ।

यौनीक क्रियाकलापको समयमा क्यालोरी खपत मात्र नभई थप क्यालोरी बर्न हुने गरेको समेत रिपोर्टले देखाएको छ ।

रिपोर्टका अनुशार महिला र पुरुषले यौनको प्रचुर आनन्द लिएको समयमा पुरुषले एक मिनेटमा ४.२ क्यालोरी प्राप्त गर्दछन् भने महिलाको ३.१ क्यालोरी प्राप्त गर्ने क्षमता  रहेको हुन्छ ।