युवतीलाई ‘प्रेम गर्दै’बन्धक बनाएर राख्ने र अश्लील भिडियो बनाउने पक्राउ

असोज ८,काठमाडौं—रसुवा झोर्लेका युवक किशोर गोलेले काभ्रे होक्सेकी एक युवतीसँग प्रेम प्रस्ताव राखे । सोझी युवतीले युवकलाई राम्रै ठानिन्। उनले प्रेम प्रस्ताव स्वीकार गरिन् र युवकको पछि लागिन् ।

हरेक यौन सम्पर्कको भिडियो खिचेर गोलेले धम्क्याउन थाले । बन्धक बनाएर राख्ने र अश्लील भिडियो बनाउने युवकप्रति युवती त्यस बेला अत्यन्त आक्रोशित भइन् जब युवकले प्रेमकै पासो थापेर उनकै बहिनीलाई पनि बन्धक बनाएरसँगै अश्लील चित्र खिच्न थाले ।

अभियुक्त गोलेलाई प्रहरीले पक्राउ गरेको छ । निजका दुई श्रीमती छन् भने अन्य युवतीलाई पनि यौनशोषण गरेको र विभिन्न क्षेत्रका व्यक्तिलाई ठगी गरेको उजुरी प्रहरीकोमा दर्ता छ ।

नेपाल समाचारपत्रमा खबर छ ।