युरोकप छनोटमा वेल्स र क्रोएसियाको बराबरी

असोज २७, काठमाडौं –युरोकप छनोटमा वेल्सले क्रोएसियासंग निराशाजनक बराबरी खेलेको छ ।

आईतबार भएको खेलमा वेल्सले विश्वकपको उपविजेता टोली क्रोएसियासंग १–१ गोलको बराबरी खेलेको हो ।

समुह ईको खेलमा बेल्स ८ अंक सहित तालिकाको चौथो स्थानमा छ । शीर्ष स्थानको क्रोएसिया भन्दा वेल्स ६ अंकले पछाडी परेको छ ।