चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार स्थगित

जेठ २, काठमाडौं – यस बर्षको ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार’ स्थगित भएको छ ।

चलचित्र पत्रकार संघले  विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारण सिर्जित समस्या र वर्तमान अवस्थालाई दृष्टिगत गर्दै यो वर्ष कुनै कार्यक्रम नगर्ने निर्णय गरेको हो ।

जारी विज्ञप्तिमा सङ्घले अर्को वर्ष पुरस्कार राशि बढाउने तथा मोफसलबाट थप एक जनालाई समेत ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गर्ने बताएको छ ।

चलचित्र पत्रकार सङ्घले हरेक वर्षको जेठ ७ गते चलचित्र पत्रकारिता दिवस मनाउदै आएको थियो ।

यसपालि चलचित्र पत्रकारिता दिवस अर्थात् ७ ज्येष्ठमा डिजिटल प्लेटफर्म मार्फत सङ्घको २१ औँ वार्षिक उत्सव मनाउने पनि जानकारी दिइएको छ ।