यसरी भित्राए अजेयराज सुमार्गीले ‘अवैध धन’

 

पुष २७ ,काठमाडौँ — सम्पत्ति शुद्धीकरणको छानबिनमा परेका अजेयराज सुमार्गीले सबैभन्दा बढी रकम ट्याक्स हेवन मुलुक साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्ड्सबाट भित्र्याएका छन । उनले करिब ९ अर्ब रुपैयाँ नेपालका कुनै पनि निकायबाट अनुमति नलिईकन राजनीतिक पहुँचका बलमा भित्र्याइसकेका छन । उक्त रकम अवैध भन्ने प्रारम्भिक पुष्टि भए पनि चौतर्फी दबाबका कारण थप छानबिन प्रक्रिया शिथिल बन्दै गएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी ले गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार उनले साइप्रसको एयरवेल सर्भिसेज प्रालिका नामबाट मात्र ९ पटक र अर्को टिपोलोजिया लिमिटेडबाट एकपटक बिनास्वीकृति रकम भित्र्याएका हुन । सबैभन्दा बढी रकम ट्याक्स हेवन ९कर र स्रोत खोजी नहुने मुलुक साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्ड्सका कम्पनीबाट ल्याएका छन ।
कान्तिपरु दैनिकका अनुशार उनले साइप्रसबाट ६ करोड ४८ लाख ५६ हजार ६ सय २३ अमेरिकी डलर ९हालको मूल्यअनुसार करिब ६ अर्ब ६३ करोड ९ लाख ४१ हजार १ सय ३५ रुपैयाँ० भित्र्याएका हुन् । प्रतिवेदनअनुसार ब्रिटिस भर्जिन आइल्यान्ड्सको जोधार इन्भेस्टमेन्ट प्रालि, डिलोर भेन्चर प्रालि र नोस्टल बिजनेस कर्पोरेसनबाट रकम भित्र्याएको देखिन्छ । यी तीन कम्पनीबाट मात्रै उनले ५ करोड ४ लाख ७२ हजार ५२ अमेरिकी डलर ९५ अर्ब १५ करोड २९ लाख १ हजार ३ सय ७७ रुपैयाँ० रकम भित्र्याएका छन ।

बाँकी रकम भने इजिप्टको ओरासकम टेलिकम, बेलारुसको मारिया युकी अब्दो र सुमार्गी आफैंले नेपालको बैंक खातामा जम्मा गरेको देखिन्छ । हालसम्म उनले ११ करोड ८० लाख १६ हजार ३ सय ७५ अमेरिकी डलर ९१२ अर्ब ६ करोड ५९ लाख ९४ हजार २ सय ६६ रुपैयाँ० र ३ लाख ८० हजार ब्रिटिस पाउन्ड ९५ करोड २५ लाख ९२ हजार रुपैयाँ० भित्र्याइसकेका छन । जुन हालको विनिमय दरअनुसार १२ अर्ब ११ करोड ८५ लाख ८६ हजार २ सय ६६ नेपाली रुपैयाँ हुन आउँछ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको प्रारम्भिक अध्ययन समितिको निष्कर्ष ।