यसरी बढाउनुस दिमागको क्षमता

मंसिर १, काठमाडौं –उमेर बढेसँगै मानिसहरुको स्मरण शक्ति क्षीण हुदैं जान्छ । । यस्तो साँच्चै हुन्छ पनि तर दिमागलाई तन्दरुस्त राख्न सकिन्छ । यदि तपाईं आफ्नो दिमागी क्षमता बढाउन चाहनुहुन्छ भने यहाँ उल्लेखित तरिका अपनाउन सक्नुहुन्छ ।

१. व्यायामः
व्यायाम गर्दा दिमागको कोशिकाबीच आपसी सम्पर्क निकै राम्रो हुन्छ र नयाँ कोसिकाको निर्माण पनि हुन्छ । यसो गर्दा दिमाग ताजा र तन्दरुस्त हुन्छ ।

२. सन्तुलित भोजनः
तपाईं जुन खानेकुरा खानुहुन्छ, ती खानेकुराको ऊर्जाको २० प्रतिशत हिस्सा सिधा दिमागमा पुग्ने गर्छ । यही कारणले दिमागको कामकाजी स्थिती ग्लूकोजको स्तरमा निर्भर हुन्छ ।

३. नयाँ चुनौतीको खोजीः
दिमागलाई स्वस्थ राख्नका लागि तपाईं त्यसलाई चुनौती दिनुहोस, नयाँ कुराहरु सिकिरहनुहोस् ।

४ संगीत सुन्नुहोस्
संगीतको दिमागमा निकै सकारात्मक असर पुर्याउँछ । कसैले गीत सुनिरहेका बेला वा सांगीतिक बाजा बजाइरहेका बेला हेर्नुहोस्, उनीहरुको पूरा शरिर सक्रिय भइरहेको हुन्छ ।