मेस्सीको गोलमा बार्सिलोनाको जित

माघ ६, एजेन्सी – लियोनल मेस्सीको गोलमा बार्सिलोनाले स्पेनिस लिगमा जित दर्ता गराएको छ ।

आईतबार राति भएको खेलमा बार्सिलोनाले ग्रानाडालाई १–० गोल अन्तरले हराएको हो ।

बार्सिलोनालाई जित दिलाउन मेस्सीले ७६ औं मिनेटमा विजयी गोल गरे ।

मेस्सीले जित सहित नयाँ प्रशिक्षक क्विक सेटिनलाई क्लबमा स्वागत गरेका छन् ।

अर्नेस्टो भाल्भर्डेलाई बर्खास्त गर्दै सेटिनलाई बार्सिलोनाले नयाँ प्रशिक्षकमा नियुक्त गरेको थियो ।

मेस्सीको गोलसंगै बार्सिलोना ४३ अंक सहित तालिकाको शीर्ष स्थानमा फर्किएको छ ।

ग्रानाडा २७ अंक सहित तालिकाको १० औं स्थानमा छ ।