मेथीको साग खानुका फाईदा

काठमाडौं, ८ माघ । यो सिजनमा पाईने तरकारी हो मेथीको साग । विभिन्न गुणहरुका कारण मेथीको साग सेवनलाई लाभदायक मानिन्छ ।

मेथीको साग खाँदा वा मेथीको दानाको चुर्ण दैनिक सेवन गर्दा तपाईंको बोसोको मात्रा बिस्तारै बिस्तारै कम हुन्छ अनि वजन नियन्त्रणमा रहन्छ ।

यदि तपाईंलाई बारम्बार पिसाब आउने समस्या छ भने मेथीको पातको रसले तपाईंलाई निकै फाइदा पुग्छ । दैनिक यसको सेवनबाट तपाईंको समस्या समाधान हुन्छ ।

धेरैजसो मानिसहरुलाई पेटसम्वन्धि समस्याले हैरान पार्छ । यसमा कब्जियत र ग्यास्ट्रिक प्रमुख छन् । मेथीको हरियो साग खाँदा तपाईंको पाचनतन्त्रले सुचारु रुपमा काम गर्नुका साथै कब्जियत वा ग्यास्ट्रिक जस्ता समस्याबाट छुट्कारा दिलाउँछ ।

पेटमा किरा परेको बेलामा पनि मेथीले एउटा सटिक औषधिको काम गर्छ । अधिकांस बच्चामा यो समस्या हुन्छ । यस्तोमा मेथीको पातको रस निकालेर बच्चालाई दैनिक एक चम्चा पिलाउनुपर्छ ।
मेथीको साग दैनिक सेवन गर्दा मुटुसम्वन्धी रोग नियन्त्रण गर्छ । यसले हृदयघातको सम्भावनालाई कम गर्छ ।