मुटु खराब गर्ने हाम्रो यि बानीहरु आजदेखि नै सुधार गर्ने हो की ?

साउन २० –  मुटुका लागि सबैभन्दा स्वस्थ खाना सागपातजन्य खाना हो । फलफूल, साग, कम चिल्ला दुग्ध पदार्थमा जोड दिनु र जंक फुड असाध्यै कम खानु मुटुका लागि फाइदाजनक हुन्छन् । शाकाहारीलाई भन्दा मांसाहारीलाई मुटुका रोग लाग्ने सम्भावना कम भएको तथ्य प्रमाणित भइसकेको छ ।

रक्तचाप, हृदयाघात र मिर्गौला रोगको सबैभन्दा प्रमुख कारण हो । नुन धेरै खादा रक्तचाप बढ्छ । नुनयुक्त खानेकुरा धेरै खाने मान्छेलाई मुटुको रोग लाग्ने धेरै सम्भावना हुन्छ । स्वास्थ्य विज्ञानले दिनमा दुई ग्रामभन्दा बढी सोडियम खानुहुँदैन भनी सल्लाह दिएको छ ।

घन्टौँ टिभीका हेर्नेे बानीले हृदयाघात र मुटु रोगको जोखिम बढाउँछ । धेरै टिभी हेर्ने मानिसलाई नियमित व्यायामले फाइदा पु¥याउन सक्दैन । सोफा या एउटा कुनामा बसेर एकोहोरो टिभी हेर्दा शारीरिक चालका अभावमा रक्तसञ्चार प्रभावित हुनसक्छ ।

धूम्रपान तपाईंको मुटुको ठूलो शत्रु हो । धूमपानले रगतलाई मुटुसम्म पुग्नबाट रोक्ने अवरोध उत्पादन गर्न सक्छ । धूमपान गर्ने व्यक्तिसँग बस्नु पनि तपाईंको मुटुका लागि जोखिमपूर्ण हुन्छ । संसारमा धूमपान गर्ने मानिससँग बस्ने करिब ४६ हजार धूमपान नगर्ने मानिस मुटुका रोगबाट मर्ने गरेको तथ्य छन् ।
स्वास्थ्य अनुसन्धानहरुले अल्कोहलको सानो परिमाण मुटुका लागि फाइदाजनक हुने बताएका छन् । तर, यसलाई धेरै मानिसले रक्सी खाँदा मुटुमा केही हुँदैन भनेर गलत बुझ्ने गरेका छन् । धेरै रक्सी खानु मुटुका लागि कुनै पनि हालतमा फाइदाजनक हुँदैन । अत्यधिक रक्सीले उच्च रक्तचापका साथै हृदयगति बन्द हुने संभावना बढाउँछ ।
मोटोपन मुुटुको रोगको प्रमुख कारण हो भने धेरै खानु मोटोपनको प्रमुख कारण हो । थोरै खाने बानी बसाल्नुपर्छ । गुलिया पेय पदार्थका सट्टा पानी पिउने बानी बसाल्नुपर्छ । धेरै क्यालोरी भएका र चिल्ला खाना खानु हुँदैन ।