मुक्तक

तुल्सीराम पोख्रेल

मुक्तक १

उध्रेको जीवन तुन्दा तुन्दै
थाकिन्छ
यी सपनाहरू बुन्दा बुन्दै
थाकिन्छ ।

ऊ वा यसले निकास देला
भन्दा भन्दै
यो वा त्यो नेता चुन्दा चुन्दै
थाकिन्छ ।

मुक्तक २

परदेशमा भएको छ बांच् या
मर्
आमाले भन्थिन् देशमै केही
गर् ।
सुन्तली सहरमा बसाई सारे
हुन्छ
छोरो बजारमा पढोस् भन्ने
रहर् ।

तानसेन ३ वसन्तपुर , पाल्पा ।