माकुरीको जालमा फसेँ हरिवंश आचार्य – हेरौ भिडियो

माघ १०, काठमाडौं – हास्य कलाकार हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । बुधवार इन्टरनेटमा “म त फसेँ मारीको जालमा परेर” बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा हरिवंश आचार्य र टिका प्रसाईँको स्वर रहेको छ भने शब्द हिरण्य भोजपुरेको रहेको छ ।  ’म त फसेँ माकुरीको जालमा परेर ’मा सङ्गीत हरि शरणले भरेका छन् ।

गीतको भिडियोमा हास्य कलाकार हरिवंश आचार्य र गायिका टिका प्रसाईँ स्वयम् फिचर्ड छन् । भिडियोलाई आराध्या लक्ष्मी खड्कीको निर्देशन गरेकी हुन् भने सोहन मानन्धरको छायाङ्कन र सम्पादन रहेको छ ।