महिनावरी हुदा के कुरामा ध्यान दिने ?

मंसिर १०, काठमाडौं – महिनावरी प्राकृतिक र स्वाभाविक प्रक्रिया हो र स्वस्थ्य अवस्थाको पनि चिन्ह पनि हो । महिनावरीको समयमा बिभिन्न समस्याहर देखा पर्दछन् । तसर्थ महिनावरीको समयमा थप समस्या नहोस भन्नका लागि निम्न कुराहरुमा ध्यान दिन आवश्यक हुन्छ ।

ताजा फलफूल बढी खानुहोस् । यसमा भएको भिटामिन ‘सी’ र ‘ए’ ले योनिमार्गलाई स्वस्थ्य राख्न मद्दत गर्छ ।

धेरै गुलियो खानेकुरा तथा दुधबाट बनेका परिकारले योनिमार्गका जीवाणुको वृद्धिमा मद्दत गर्छन्, त्यसैले यस्ता खानेकुरा कम खानुपर्छ ।

सरसफाइमा सजग हुनुहोस् । सधै आफ्नो यौनाङ्ग सफा राख्नुहोज्, तर धेरै पखाल्ने काम नगर्नुहोस् ।

सुगन्धयुक्त प्याड तथा योनिमार्गको छेउछाउमा पाउडर प्रयोग गर्नु उपयुक्त होइन ।

पीडा कम गर्न हट रबर ब्यागको प्रयोग वा चिकित्सकको सल्लाह बमोजिम दुखाइ कम गर्ने औषधि सेवन गर्न सकिन्छ ।

धेरै रगत गए वा धेरै दिन सम्म रगत गए चिकित्सकसँग परामर्श लिनुपर्छ ।