मलाई युवतीहरुको आँखा मन पर्दछ –नायक प्रदिप खड्का

क्स्तो हेयर स्टाइल मन पर्दछ ?

हेयर स्टाइलतिर मैल कहिल्यै ध्यान दिएको छैन । चलचित्रमा क्यारेक्ट। अनुशार स्टाइल दिइन्छ । अरु समयमा म सामान्य रुपमै हिड्न रुचाउछु ।

ड्रेसअपमा त पक्कै रुचि होला नि ?

यस्तै चाहिन्छ भन्ने छैन । सुटिड्ढमा दिनमै ३– ४ थरिका पहिरन लगाउनुपर्ने हुन्छ । त्यसैले अरु बेला यस्तो लगाउनुपर्दछ भन्ने लाग्दैन । आफुलाई जे कम्फर्टेबल हुन्छ, त्यहि लगाँउछु । समय, मौसम, एवं स्थानले पनि कस्तो पहिरन लगाउने भन्ने कुरा निर्धारण गर्दछ ।

आफुलाई कसरी फिट राख्नु हुन्छ ?
म अलि दुब्लो छु । माछा –मासु ड्रिड्ढस गर्दिन । त्यसैले मलाई कुनै शारिरिक समस्या छैन । आफ्नो उमेरअनुशार फिट रहज जिम जाने गरेको छु ।

कस्ता युवती मन पर्दछन ?

बोल्न नडराउने अर्थात कन्फिडेन्टली बोल्न सक्नेहरु । म जोसंग बोल्दा पनि आँखामा हेरेर बोल्न रुचाउछु । सिधै भन्नुपर्दा मलाई युवतीहरुको आँखा मन पर्दछ ।

बढी रुचि के मा छ ? 

चलचित्र हेर्न मन लाग्दछ । फुर्सद हुदा म दिनमा ४–५ बटासम्म चलचित्र हेर्छु । अर्को रुचि नयाँ नयाँ ठाँउ घुम्ने हो ।

साभार –नारी पत्रिका