‘मर्दानी’मा यस्तो लुक्समा देखिइन् रानी

असोज १४, काठमाडौं – चलचित्र ‘मर्दानी’ को सिक्वेल निर्माण भएको छ ।

भिनेत्री रानी मुखर्जिकै मुख्य भूमिकामा यसको सिक्वेल निर्माण भएको हो । सिक्वेलमा अभिनेता चंकी पाण्डेका भतिजा आहान पाण्डेसँग रानी देखिनेछिन् ।

चलचित्रमा रानीलाई एक्सन अवतारमा दर्शकले देख्न पाइनेछ भने उनले निडर पुलिस अफिसरको भूमिका निभाएको बुझ्न सकिन्छ ।

यसको टिजर बुधवार रिलिज हुने हुने भएको छ । चलचित्र आउँदो डिसेम्बर १३ मा फिल्म रिलिज हुने भएको छ ।