मध्यरातमा क्लबमा भेटिएका विमल घर्ती सहित चार खेलाडी राष्ट्रिय टीमबाट बर्खास्त

कात्तिक ३०, काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले चार जना खेलाडीलाई राष्ट्रिय टीमबाट बर्खास्त गरेको छ ।

एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई बर्खास्त गरेको हो ।

विश्वकप २०२२ को छनोटमा कुवेतविरुद्ध खेल्ने नेपाली टीमका खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै बर्खास्त गरेको एन्फाले जनाएको छ ।

एन्फाका उच्च पदाधिकारीले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई टीमबाट बर्खास्त गरेको हो।