भ्यालेन्सियाका पाँच खेलाडीमा कोरोनाको संक्रमण

चैत ३, एजेन्सी – स्पेनिस क्लब भ्यालेन्सियाका पाँच खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

अर्जे्न्टिना तथा भ्यालेन्सियाका डिफेन्डर इजिक्वेइल ग्यारेसहित पाँच खेलाडीलाई कोरोनाको संक्रमण देखिएको बीबीसीले जनाएको छ ।

३३ वर्षे डिफेन्डर ग्यारेले सन् २०२० आफ्नो लागि खराब भएको बताउँदै आफु सामान्य अवस्थामा रहेको सामाजिक संजाल इन्स्टाग्राममा लेखेका छन् ।

भ्यालेन्सियाले आइतबार आफ्ना पाँच खेलाडीलाई कोरोना भाईरस पोजिटिभ देखिएको जनाएको छ । यस्तै भ्यालेन्सियाले आफ्ना स्टाफलाई पनि कोरोनाको संक्रमण भएको जनाएको छ ।

चीनबाट सुरु भएको कोरोना भाईरस विश्वभर फैलिएको छ । जसको कारण विश्वको खेलकुद गतिविधि बन्द भएको छ ।

स्पेनिस ला लिगा समेत कोरोनाको कारण स्थगित गरिएको छ ।