भृकुटीमण्डपमा वित्तीय मेला सुरु

 

मंसिर १, काठमाडौं– भृकुटीमण्डपमा आइतबार देखि तेस्रो बैंकिङ प्रदर्शनी सुरु भएको छ । उक्त प्रर्दशनीको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले गरेका छन् । उद्घाटनको क्रममा नेपालले लगानीको सम्भावना र बजार सुनिश्चित  हुदाहुदै पनि युवा जमात विदेश पलायन हुनु मुलुकका लागि दुर्भाग्य भएको बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले नेपालमा लगानीका प्रचुर सम्भावना भएको बताएका छन् ।

वैदेशिक विभागको पछिल्लो तथ्याङ्कमा विश्वका ८४ देशमा झन्डै ५ लाख युवा वैदेशिक श्रममा रहेको उल्लेख छ । रोजगारमा रहेका अधिकांश नेपाली य’वामार्फत नेपालमा वार्षिक करिब आठ खर्ब विप्रेषण रेमिट्यान्स भित्रने गरेको छ .

सोमबारसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा बैंक, बीमा, नेपाल धितोपत्र बोर्ड, नेप्से, मर्चेन्ट बैंकर्स सङ्घ तथा शेयर विज्ञहरुले लगानीकर्तालाई लगानीका सम्भावित क्षेत्रका बारेमा जानकारी दिने कार्यक्रम रहेको छ ।